July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

हवाई उडान सञ्चालन गर्ने निर्णय : ५० प्रतिशत मात्र यात्रु राख्न पाईने

हवाई उडान सञ्चालन गर्ने निर्णय : ५० प्रतिशत मात्र यात्रु राख्न पाईने

काठमाडौँ : सरकारले ५० प्रतिशत यात्रु राखेर आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान सञ्चालन गर्ने जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दिएपछि मन्त्रालयले ५० प्रतिशत यात्रु राखेर उडान गर्ने अनुमति दिएको हो ।

हिजोको मन्त्रिपरिषद्ले कुन स्थानमा कहिले कहिलेदेखि उडान गर्न दिने भन्ने समय निर्धारण गर्ने जिम्मा मन्त्रालयलाई दिएको थियो । सोही अनुसार मन्त्रालयले उडान तालिका तय गरेको हो । मन्त्रालयले गरेको निर्णयमा बैशाख २७ गते नै निर्धारित मापदण्डलाई यथावत राख्दै उडान खुलाएको हो ।

उडान सम्बन्धी सम्पूर्ण निर्णय २०७८–१–२७ अनुसार हुनेछ । त्यसैगरी जनस्वास्थ्यको मापदण्ड अपनाएर अन्तरराष्ट्रिय उडान पनि हुनेछ । काठमाडौँदेखि दोहा नेपाली वायुसेवाको दुई र कतारको वायुसेवा गरी सातामा चार उडान हुनेछ । काठमाडौ–युएई सातामा चार उडान, काठमाडौँ–कुवेत सिटीबाट कुवेत वायुसेवाको दुई उडान, काठमाडौँ–दमाम सातामा नेपाली वायुसेवाको दुई उडान, काठमाडौँ –टर्की सातामा दुई उडान, काठमाडौँ–ओमन सातामा एक उडान हुने ओमन वायुसेवाबाट एक उडान गर्ने निर्णय भएको छ ।

 

काठमाडौँदेखि मलेसिया सातामा चार वटा उडान हुने छ । त्यस्तै काठमाडौँ दक्षिण कोरिया सातामा एक उडान हुनेछ । काठमाडौँ जापान सातामा नेपाली वायुसेवा कम्पनीबाट एक उडान हुनेछ । काठमाडौँ चीन सातामा चार वटा उडान हुने सरकारले निर्णय गरेको छ ।