March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

खोप अभावमा मुलुकको आर्थिक क्षति बढ्दै, दोस्रो निशेषाज्ञामा मात्र ३ खर्व बढीको क्षति

खोप अभावमा मुलुकको आर्थिक क्षति बढ्दै, दोस्रो निशेषाज्ञामा मात्र ३ खर्व बढीको क्षति

जारी युरोकप फुटबल खेल संचालन भैरहँदा दर्शकदीर्घमा खचाखच दर्शक देखिने गरेका छन् । फूटबल मात्र होइन कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ‘नो माक्स’ को अभियान हाल संचालनमा अमेरिकन निर्धक्कसँग समाजमा हिडडुल गरिरहेका छन् । युरोकप र अमेरिका त दुई प्रतिनिधी पात्र मात्र हुन् । विश्वका कर्यो देशमा कोरोनालाई जितेर त्यहाँको जनजिबन सामान्य भैसकेको छ । विश्वको जनजिबन भैरहेको समय नेपालमा भने शासक बर्ग जनता थुनेर आफ्नो सत्ता लम्बिाउन लागि परेका छन् । बाहिर रुपमा कोरोनाको कारण भनेपनि भित्री रुपमा सत्ता टिकाउनु सत्ता पक्षको खेल देखिन्छ । राजनैतिक खिचातानीमा सरकार खोप व्यवस्थापन गर्न असफल भएको छ । परिमाण निषेधाज्ञा लम्ब्याउनु परिरहेको छ ।

Advertisement

सरकारले दुबै कोरोना डोज खोप ल्याएर आम जनतालाई लगाउने हो भने कोरोनाबाट आत्तिनु नर्पे कारण छैन् । विश्व स्वास्थ्य संगठनले पनि दुबै खोप लगाएमा कोभिडको जोखिम निकै कम हुने देखाएको छ । नेपालको उदाहरण हेर्ने हो भने दुबै कोरोना खोप लगाएका एकजना मात्र क्यान्सर पीडितको मृत्यु भएको रेकर्ड स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ । अन्यथा दुबै डोज खोप लगाएकाको असर कम छ ।
खोप लगाएका विकसित देश सामान्य अवस्थामा फर्किन थालिसकेका अवस्थामा नेपालमा भने अझै लकडाउन कै अवस्था खेप्नु परेको छ । कोरोना महामारीको दोस्रो लहर चलिरहँदा आर्थिक क्षेत्रमा धेरै ठूलो क्षति पुगेको छ ।

Advertisement

जनजीवन सामान्य बनाइ आर्थिक क्रियाकलाप बढाउनका लागि खोपको अर्को विकल्प देखिदैन् । सरकारले समयमै खोप व्यवस्थापन गर्न नसक्दा निषेधाज्ञा लम्ब्याउनु परिरहेको छ । यसले जनजीवन सामान्य हुन त सकेको छैन नै, मुलुकले ठूलो आर्थिक क्षति पनि व्यहोर्नुपरेको छ ।
वैशाख १६ यता भएको दोस्रो चरणको बन्द मंगलवारदेखि मात्र केही खुल्न थालेको छ । त्यस्मा पनि आर्थिक क्षेत्र चलायमान हुनको लागि महिनै लाग्ने देखिन्छ । अर्थमन्त्रलका अनुसार दोस्रो बन्दमा झण्डै ३ खर्व माथिको हाराहारीमा क्षति पुगेको छ । यसले एकातिर दैनिकी सहज हुन सकेको छैन भने अर्कातिर आर्थिक क्षति अकासिने क्रम यथावत नै छ ।

सरकारले दाताको सहयोग पर्खिने भन्दा पनि किनेर ल्याउनका लागि आफ्नो सबै शक्ति लगाउनुपर्ने देखिन्छ । अन्यथा आर्थिक क्षति धान्नै नसक्ने गरी बढ्नेमा दुईमत छैन । कोभिडविरुद्ध खोप विकास भएको ६ महिना भयो । खोपको विकास भएको यो समय सरकारले अहिलेसम्म १० लाख डोज मात्र किनेको छ अन्य सबै डोज दाताले दिएका हुन् । भारतको सिरम इन्स्टिच्युटसँग किन्दा ४७ करोड ३० लाख रुपैयाँ खर्च भएको थियो । यो बाहेकको सबै खोप अर्काको आर्शिवादले पाएको हो ।

चीनले १८ लाख र भारतले १० लाख डोज सित्तैंमा दिएकाले तथा कोभ्याक्स सुविधाअन्तर्गत ३ लाख ४८ हजार डोज आएकाले पहिलो डोज २५ लाख जनाले पाएका छन् । तर दुवै डोज पाउनेको संख्या भने ७ लाख ३१ हजार मात्र छ । पहिलो खोप लगाएर दोस्रो डोज नपाउनेको समाजमा छटपटाहट पनि उस्तै छ । कहिले दोस्रो खोप दिइने हो अझै स्पष्ट छैन् । जबकि जनसंख्याको ७२ प्रतिशत अर्थात २ करोड १६ लाखलाई खोप लगाउने भनिएकोमा उनीहरुले समेत खोप पाउँने निश्चित छैन् ।

भारतले दिने भनेको र सरकारले किन्ने भनेको खोप सुरुमै नकिनेर सरकार चुकेको छ । सुरुमै खरिदमा तदारुकता नदेखाएको परिणाम १ करोड ९२ लाखका लागि खोप अनिश्चित बन्न पुगेको छ । खोप अनिश्चित त भयो नै देशमा निशेषज्ञा लम्बिाउनु पर्दा मुलुकलाई ३ खर्व बढी क्षति भएको छ । जबकी पहिलो चरणमा नै सबैलाई पुग्ने गरी खोप किनेको भए ३० अर्ब रुपैयाँभन्दा बढी खर्च हुँदैनथ्यो । सरकारी दूरदर्शिताका कारण सरकार आर्थिक क्षति बढ्यो नै जनताले खोप लगाउन पाउँने अधिकार बाट समेत बन्चित हुनुपरेको छ ।

 

कोरोना नियन्त्रणका लागि देशव्यापी रुपमा निषेधाज्ञा जारी भएपनि कुल राजस्व परिचालनमा खासै असर नपरेको सरकारले दाबी गरेको छ । अर्थ मन्त्रालयको अनुसार कूल राजश्व परिचालन गत आवको सोही अवधिको तुलनामा २५.४ प्रतिशलते वृद्धि भएको हो । अर्थका अनुसार वैशाखसम्म कूल रु ७ खर्ब ६१ अर्ब बराबरको राजश्व उठेको छ । कूल राजश्वमा कर राजश्व रु ७ खर्ब नौ अर्ब ६२ करोड रहेको छ । सरकार राजस्व उठाउन मै केन्द्रीत हुँदा जनताको स्वास्थ्य अधिकार भने खोसिएको हो ।