March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

फेरि बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति पुग्यो मूल्य ?

फेरि बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति पुग्यो मूल्य ?

काठमाडौं–
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेलमा हाल विक्रि भइरहेको मूल्यमा २÷२ रुपैयाँ बढेको हो । आयल निगमले करिब १८ दिनकै अवधिमा पुनः इन्धनको मूल्य बढाएको हो ।

Advertisement

यसअघि गत जेठ २३ गतेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको निगमले ९८ रुपैया भएको पेट्रोल मूल्य बढाउँदै १२७ रुपैयाँ बनाएको हो । नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलको मूल्य ११० रुपैयाँ कायम भएको छ ।

Advertisement

हवाई इन्धन अन्तर्राष्ट्रि उडाको मूल्य प्रति किलोलिटर २० अमेरिकी डलर र हवाई इन्धन आन्तरिक उडानको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाइएको छ ।

फेरि मूल्य बढाउँदा पनि निगमले घाटा नै रहेको बताएको छ । हाल पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७५ पैसा, डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ५३ पैसा घाटा रहेको निगमको जिकिर छ ।