July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दे, असार मसान्तभित्र पारित गरिसक्नुपर्ने

स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दे, असार मसान्तभित्र पारित गरिसक्नुपर्ने

काठमाडौं– आज अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट ल्याउनुैपर्ने नियम अनुसार अधिकांश जसो स्थानीय निकायले आजसम्म बजेट प्रस्तुत गरिसक्नु पर्ने हुन्छ ।

कानूनत स्थानीय सरकारले असार १० गतेभित्र नयाँ आर्थिक बर्षको लागि नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गरिसक्नुपर्ने ब्यावस्था गरेको छ । अन्र्तसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले आसर १० सम्मको समय दिएको हो । यसैअनुसार सबै स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने हुन्छ ।

यही नियमको अधिनमा रहेर कतिपय स्थानीय तहले असार १० गतेअघि नै आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् । यसरी पेश गरेका स्थानीय तहले समेत असार मसान्तभित्र नै बजेट पारित गर्नेछन् ।