July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

स्रोत नखुलेको सुनसहित २ जना पक्राउ

स्रोत नखुलेको सुनसहित २ जना पक्राउ

असार १०, काठमाडौं ।

सिरहाको गोलबजारबाट स्रोत नखुलेको सुनसहित दुई जनालाई पक्राउ परेका छन् । सशस्त्र प्रहरी बेस क्याम्प गोलबजारको टोलीले लक्ष्मीपुरपतारी गाउँपालिका–४ का जीवछकुमार मण्डल र मोहम्मद साउद्दिन खानलाई दुई सय ग्राम सुनसहित पक्राउ गरेको हो ।

गस्ती टोलीलाई देखेपछि झोला र मोटरसाइकल छोडेर भाग्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएर खोजतलास गर्दा सुन फेला परेको सशस्त्र प्रहरी बेस क्याम्प गोलबजारले जनाएको छ ।

बरामद सुन जिल्ला भन्सार कार्यालय खैरटोकामा बुधबार बुझाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।