April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

एनआइसी एसिया सेलेक्ट–३० फन्डको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुला

एनआइसी एसिया सेलेक्ट–३० फन्डको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुला
असार १०, काठमाडौं ।
एनआइसी एसिया क्यापिटलले आज बाट एनआइसी एसिया सेलेक्ट–३० फन्डको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुला गरेको छ । यसमध्ये १५% (१ करोड ५० लाख) इकाई कोष प्रवद्र्धक एनआइसी एसिया बैंकलाई छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिएको हो । यसमा असार १४ गतेसम्म आवेदन दिन सकिन्छ ।
उक्त समयसम्म सबै इकाई बिक्री नभएमा असार २४ गतेसम्म खुला रहने एनआइसी एसिया क्यापिटलले जनाएको छ । यसमा  न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ ।

Advertisement