March 19, 2024, Tuesday
६ चैत्र २०८०, मंगलवार

सुनको भाउ २०० रुपैयाँले घट्यो, चाँदीको स्थिर

असार १०, काठमाडौं ।
नेपाली बजारमा बिहीबार सुनको भाउ सामान्य घटेको छ भने चाँदीको भने स्थिर रहेको छ। यस दिन सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार ७०० र तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा खरिद बिक्री भएको थियो। यस्तै चाँदीभने अघिल्लो दिनकै भाउ अर्थात प्रतितोला १ हजार २९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

Advertisement