July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

पुनः निर्माण प्राधिकरणमा कार्यरत ३२ जिल्लाका इन्जिनियरहरूले दिए सामूहिक राजीनामा

पुनः निर्माण प्राधिकरणमा कार्यरत ३२ जिल्लाका इन्जिनियरहरूले दिए सामूहिक राजीनामा

काठमाडौँ ११ असार । राष्ट्रिय पुनः निर्माण प्राधिकरणमा कार्यरत ३२ जिल्लाका इन्जिनियरहरूले सामूहिक राजीनामा दिएका छन् । काठमाडौँमा माइतीघर मण्डलामा प्रदर्शन गर्दै आफ्नो माग परा गर्न सरकारले कुनै चासो नदेखाएको भन्दै सामुहिक राजीनामा दिएका हुन् । उनीहरुले सबैको राजिनामा एकमुष्ठ पत्रमा राष्ट्रिय पुनः निर्माण प्राधिकरणः प्रविधिक राष्ट्रिय हकहित संरक्षण समितिका नाममा दिएका हुन् ।

राजिनामा दिनु अगाडि उनीहरु सिंहदरवार घेराउको लागि गएका थिए । सिंहदरबार घेराउ गर्न आएका ५० भन्दा बढी इन्जिनियरहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेको थियो । इन्जिनियरहरु सिंहदरबार घेराउ गर्न हनुमानस्थान र माइतीघरबाट अगाडि शहरी विकाश तथा भवन निर्माण विभाग अगाडिबाट पक्राउ गरिएको हो ।

सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुबिधाहरुबाट पूर्ण बञ्चित गराइएको भन्दै इन्जिनियरहरु आन्दोलित हुदै आएका छन् । २०७२ साल बैशाख १२ गतेको महाविनाशकारी भुकम्प र त्यसपश्चातको पराकम्पनले देश र देशवासी संकट परेको बेला सरकारको आह्वानमा राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत रही नेपालको पुननिर्माणलाई अगाडी बढाएको इन्जिनियरहरुको दावि छ ।

देश र जनताका हितका लागि इन्जिनियरिङ जनशक्तिको सिप र दक्षता खेर जान नदिन र विदेसिन बाध्य नपार्न उचित व्यवस्थापन गर्न सरकारलाई दबाब दिन आन्दोलनमा उत्रनु परेको बताएका छन् । भुकम्प पछिको पुनर्निमाणको काम बाँकि रहेको बेला हटाएर बेरोजगार बनाउन खोजेको भन्दै बाध्य भएर आन्दोलन गर्नुपरेको इन्जिनियरहरुले बताएका छन् । उनीहरुले प्रदर्शनमा इन्जिनियरको व्यथा अरुलाई के थाहा, विदेश जान बाध्य नपारौं, कर्मचारीको व्यस्थापनको सुनिश्चित गर, धरहरा बनाउने हामी नै हौँ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर प्रर्दशनमा उत्रिएका थिए ।