April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

एनआइसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको शेयर लिलामी भर्ने आज अन्तिम दिन

एनआइसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको शेयर लिलामी भर्ने आज अन्तिम दिन

असार ११, काठमाडौं ।

Advertisement

एनआइसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड, मेरो माइक्रोफाइनान्स लघुवित वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा आजसम्म आवेदन दिन सकिनेछ ।

Advertisement

बैंकले आरएमडीसी लघुवित्तको २ लाख ८६ हजार १९५ कित्ता, मेरोमाइक्रोफाइनान्सको ५९ हजार ६६८ कित्ता र महुली लघुवित्तको ५५ हजार ५७० कित्ता सेयर लिलामीमा ल्याएको हो ।लगानीकर्ताले आरएमडीसी लघुवित्तको सेयरमा न्यूनतम ४७७ रुपैयाँ, मेरो माइक्रोफाइनान्सको सेयरमा ५७५ रुपैयाँ र महुली लघुवित्तको सेयरमा न्यूनतम ७६८ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त शेयरमा न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयरहरुको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।