April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

रामचन्द्र पौडेल पक्षिय नेताको भेला बसुन्धरामा, को को पुगे भेलामा सामेल हुन

रामचन्द्र पौडेल पक्षिय नेताको भेला बसुन्धरामा, को को पुगे भेलामा सामेल हुन

नेपाली कांग्रेसको आगामी १४ औं महाधिबेशनमा सभापतिको उम्मेदवारी दाबी गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूपक्षीय नेताहरुसँग छलफल गरेर उम्मेदवारी घोषणाको तयारी गरिरहेका छन् । यसैको लागि आज आफू निकट नेताहरुसँग छलफल गरिरहेका छन् ।

Advertisement

बसुन्धरास्थित दियालो फुडल्याण्डमा भइरहेको छलफलमा पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, सुजाता कोइराला, प्रकाशमान सिंह, रामशरण महत, गुरु घिमिरे, शेखर कोइराला, अर्जुननरसिंह केसी, जीवन परियार, गगन थापा, प्रदीप पौडेल, मिनेन्द्र रिजाल, धनबहादुर गुरुङ, कल्याण गुरुङ, हृदयराम थामी, बद्री पाण्डे, देबेन्द्र पौडेल र कमला पन्त उपस्थित छन् ।

Advertisement

यस अगाडिको महाधिबेशनमा थापा र पौडेल अर्का प्रत्यासि पूर्ब महामन्त्री कृष्ण सिटौलाको खेमामा थिए । हाल दुबैजना सिटौला पक्षमा भएपनि सिटौलाकै निर्देशनमा भेलामा सहभागि भएका हुनु ।

काग्रेशको आगामी महाधिबेशनमा झण्डै १४ जना प्रतिनिधी सभापनिका उमेदवारमा दाबी गरिरहेका छन् । वहालवाला सभापति शेरबहादुर देउवाले पनि नेतृत्वमा पुनः दाबी गर्ने तयारी गरिरहेका बेला पौडेलले अन्य नेताहरुको साथ जुटाएर चुनाव मैदानमा उत्रिन लागेका हुन् ।