April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

माथिल्लो तामाकोशी आइवारबाट राष्ट्रिय प्रशारण लाइनमा जोडिने

काठमाण्डौ – ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई भोलिदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । ४ सय ५६ मेगावाटमध्ये ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट विद्युत उत्पादनको परीक्षण गरिने आयोजनाका सीईओ विज्ञान प्रसाद श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार ४ सय ५६ मध्ये ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट आइतबारदेखि परीक्षण उत्पादन गर्न लागिएको हो । तामाकोसी सञ्चालनमा आउँदा खिम्ती–लामोसाँघु १३२ केभीको लाइन बन्द हुने आयोजनाले जनाएको छ । परीक्षणको बेला ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट वितरित विद्युत केही समय कटौती हुन सक्ने छ ।

माथिल्लो तामाकोसीबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु भएपछि भारतबाट अहिले हुँदै आएको विद्युत् आयात केही घट्ने अपेक्षा गरिएको छ ।

Advertisement