July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

चेम्बर अफ कमर्सद्धारा रोजगारदाता परिषद् गठन, अध्यक्षमा दीपक श्रेष्ठ

चेम्बर अफ कमर्सद्धारा रोजगारदाता परिषद् गठन, अध्यक्षमा दीपक श्रेष्ठ

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले रोजगारदाता परिषद् गठन गरेको छ । रोजगारदाता उद्योग र व्यवसायीहरुको आवाजलाई समेट्ने गरी चेम्बरले उपाध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा रोजÞगारदाता परिषद् गठन गरेको हो । परिषदमा विनायक शाह र मोहन कटुवाललाई उपसभापतिको जिम्मेवारी दिइएको छ ।

त्यस्तै विरेन्द्रनाथ भट्टराई, नितिन जलन, रोजन कर्मचार्य, सैबल घोषलाई सदस्यको जिम्मेवारी दिइएको छ । वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने र रण बहादुर श्रेष्ठलाई सल्लाहकारमा तोकिएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल र बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालको उपस्थितिमा समिति गठन गरिएको हो ।