April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ मा बस्ने

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ मा बस्ने

असार १३, काठमाडौं ।
नेकपा एमालेले आगामी असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।आइतबार बिहान बालुवाटारमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी समिति बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको हो । समसामयिक राजनीतिबारे अझै फराकिलो र केही निर्णय गर्नुपर्ने भएकोले बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्ने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

आजको बैठकमा  पछिल्लो राजनीतिक स्थिती, कोभिड महामारीको अवस्था, प्राकृतिक विपत्तीहरु र राष्ट्रिय राजनीतिको विभिन्न आयामहरुका विषयमा संक्षिप्त तर गहन रुपमा छलफल भएको उनले बताए । विषयमा थप केहि निर्णयहरु गर्न आवश्यक भएको र थप अझ फराकिलो र उच्च तहबाट छलफल गरेर केहि निर्णयहरु निकाल्नुपर्ने भएकाले १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंंमा बस्ने गरि बैठक बोलाइएको छ ।” उनले भने ।

 

Advertisement