July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दे गर्दा एक जना पक्राउ

एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दे गर्दा एक जना पक्राउ

एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीले मोरङको बुढीगंगा गाउँपालिका–३ टंकी चोकस्थित बैंकको एटिएम तोडफेड गर्दे गर्दा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सुनसरी दुहबि नगरपालिका–९ का २४ वर्षीय मो.ईम्तियाज रहेका छन् । प्रहरीले उनलाई आइतबार राति पक्राउ गरेको छ । उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय मो.अनिस हुसेन भने फरार रहेका छन् । उनी भने हाल फरार रहेको प्रहरीले जनाएको छ ।

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा १ थान ताला फोडन प्रयोग भएको हतौडा, १ थान पेचकस, १ थान छिनो र को.३९ प ४८६४ नम्बरको मोटरसाइकल सहित सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीकोे टोलीले ईम्तियाजलाई आइतबार राति पक्राउ गरेको हो । यि दुबै जना धेरै कमाउने उदेश्यले एटिएम बुथ फुटाउन पुगेका थिए ।