July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

राष्ट्र बैंकले २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गर्दे

राष्ट्र बैंकले २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गर्दे

असार १४, काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई समयमा परिपक्क हुने गरी रू. २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनको अवधिको लागि रू. ११ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको हो । उक्त ट्रेजरी बिल २०७८ असोज १२ गते परिपक्व हुने बैंकले जनाएको छ ।

त्यसैगरी राष्ट्र बैंकले अर्को १८२ दिनको अवधिको लागि समेत ट्रेजरी विक्री गर्न लागेको छ । सोमवार दिउँसो ३ बजे बोलकबोल भएर मंगलवारदेखि विक्री हुने यो ट्रेजरी बिल कुल १० अर्ब रुपैया बराबरको छ । उक्त ट्रेजरी बिल २०७८ पुस १३ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।