April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

कोरोनाबाट थप २ हजार ४४४ जना संक्रमित, ४२ जनको मृत्यु (पूर्ण बिवरणसहित)

गएको २४ घण्टामा नेपालमा २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ६४० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सख्या ९ हजार ५१ पुगेको छ । नेपालमा कोभिड–१९ को मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

Advertisement

यो अवधिमा ३ हजार ८५३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ५ लाख ८८ हजार १८७ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९२.६ प्रतिशत रहेको छ ।

Advertisement

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ९५० जना पुगेको छ । होम आइसोलेसनमा ३५ हजार ७५ जना, संस्थागत आइसोलेसनमा २८७५, आईसीयूमा ६५७ तथा भेन्टिलेटरमा १९३ जना रहेका छन् । कोभिड–१९ को संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ५१ जनाले ज्यान गुमाइसकेका छन् ।