March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

स्मार्ट टेलिकमले सरकारलाई तिनुपर्ने दयित्व ६ अर्व माथि, फेरि समय थपिदिन माग

स्मार्ट टेलिकमले सरकारलाई तिनुपर्ने दयित्व ६ अर्व माथि, फेरि समय थपिदिन माग

नेपालको तेस्रो ठूलो टेलिकम कम्पनी स्मार्ट टेलिकम प्रालिले चैत मसान्तसम्म तिर्नुपर्ने नवौं किस्ताबापतको रकम असार मसान्तमा तिर्नेभन्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको थियो । यस अगाडि पनि स्मार्टले पटक पटक समय थप गरिदिन भन्दै पत्र लेखेको थियो । सरकारले पनि बाँकी बक्यौता तिर्न स्मार्ट टेलिकमलाई आउँदो असार मसान्तसम्मको समय अवधि थपेको थियो । तर फेरि स्मार्ट टेलिकमले तिर्ने समय घर्किन लाग्दा उल्टै समय थप गरिदिन माग गरेको छ ।

Advertisement

गत बुधबार स्मार्टले बक्यौता रकम तिर्ने समय एक वर्ष थप गरिदिन माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएको छ । फ्रिक्वेन्सी दस्तुर, लाइसेन्स नवीकरण लगायत विभिन्न शीर्षकमा सरकारलाई तिर्नुपर्ने झण्डै ६ अर्ब माथिको रकम समयमै तिर्न नसक्ने भन्दै समय थप गरिदिन माग गर्दे निवदेशन दिएको हो ।

Advertisement

यसअघि सरकारले पटकपटक म्याद थप गरिदिँदा पनि स्मार्टले उक्त रकम तिर्न सकेको छैन । गत वर्षको भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले स्मार्ट टेलिकमलाई बक्यौता रकम तिर्नका लागि अन्तिमपटक भन्दै ६ महिना र त्यसपछि पुनः आर्थिक वर्षको अन्त्यसम्मका लागि म्याद थप गरेको थियो । थपिएको म्यादमा समेत रकम तिर्न नसकेर फेरि समय थपको माग गरेको हो ।

 

मन्त्रिपरिषद् निर्णयअनुसार स्मार्टले गत वर्षकै फागुनसम्म स्मार्टले बक्यौता रकम तिरिसक्नुपर्ने थियो । नत्र दूरसञ्चार सेवाका लागि दिइएको अनुमतिपत्र (लाइसेन्स) खारेजी गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूर सञ्चार प्राधिकरणलाई निर्देशन नै दिएको थियो । प्राधिकरणले २०७६ साउन १३ मा निर्णय गरेको थियो । लाइसेन्स खारेजीको निर्णय गरेपनि खारेजी गर्दा समस्याको समाधान नहुने भएपछि मन्त्रीपरिषदले ५ किस्तामा बक्र्यौता तिर्नै ब्यवस्था गरिदिएको थियो । सरकारले ५ किस्ता गरी बक्यौता तिर्ने सुविधा र पटकपटक समय समेत थपिदिँदा पनि स्मार्टले सो रकम तिरेको छंैन ।