July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

कार दुर्घटना हुँदा काँग्रेस नेता भण्डारीका भाईको मृत्यु

कार दुर्घटना हुँदा काँग्रेस नेता भण्डारीका भाईको मृत्यु

आफैले चलाएको कार दुर्घटना हुँदा गुल्मीका डा शंकर भण्डारीको मृत्यु भएको छ । मंगलबार साँझ रुपन्देहीको देवदह नगरपालिका १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी भण्डारीको मृत्यु भएको हो । भण्डारीले चलाएको कार कल्भर्डमा खसेर दुर्घटना भएका थियो ।

दुर्घटनापछि गम्भीर घाइते भण्डारीलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी हृदयरोग तथा मुटु अस्पतालमा ल्याएलगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका प्रहरीले बताएको छ । कारमा सँगै रहेका आफन्त थानेश्वर भण्डारीको अवस्था भने सामान्य रहेको छ । मृतक भण्डारी काँग्रेस नेता चन्द्र भण्डारीका भाई हुन् ।