July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

कृषि विकास बैंकले जारी गर्यो नयाँ क्रेडिट कार्डः नेपाल र भारतमा प्रयोग गर्न सकिने

कृषि विकास बैंकले जारी गर्यो नयाँ क्रेडिट कार्डः नेपाल र भारतमा प्रयोग गर्न सकिने

आधुनिक प्रविधिको विकाससंगै बैंकिङ्ग क्षेत्रमा विभिन्न किसिमका वस्तु तथा सेवाको विकास एवम विस्तार भईरहेको छ । यसैलाई आत्मासाथ गर्दे कृषि विकास बैक लिमिटेडले नयाँ आधुनिक बैंकिङ्ग प्रणालीमा समेटने भएको छ ।

आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवाको पहुँच पु¥याउन, बजारको माग तथा ग्राहकको आवश्यकता अनुसार कृषि विकासले नयाँ क्रेडिट कार्ड जारी गरेको छ । २०७८ साल बैशाख महिनाबाट क्रेडिट कार्ड व्यवसायको शुरुवात गरिसकेको बैंकले थप परिमार्जन गर्दे नयाँ आधुनिक सेवा सहितको कार्ड ल्याएको हो ।

आधुनिक वस्तु तथा सेवाहरु उपलव्ध गराउदै आईरहेको अवस्थामा यस बैकले हालसम्म यस बैकले ७८ वटा कार्डहरु जारी गरिसकेको बैकले जनाएको छ ।

कृषि विकास बैंक यो सेवा प्रदान गर्ने पहिलो सरकारी बैंक समेत भएको बैंकको दाबी छ । कार्यालयको कार्यक्षेत्र भित्र बसोवास गरी दिगो आयश्रोत भएका विश्वासिला जो कोही नेपाली नागरिक, यस बैकका पूर्व कर्मचारी तथा बैकका कर्मचारीले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस बैककले जारी गरेको क्रेडिट कार्डको सिमा न्यूनतम रु २५,००० देखि अधिकतम रु १०,००,००० सम्म कायम गरिएको छ । त्यसैगरी EMV Compliance, Contactless Payment Features, नेपाल र भारतमा चल्ने, POS Terminal मार्फत विभिन्न वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने रहेको छन् ।

साथै उक्त बैंकले क्रेडिट कार्ड सुविधा लिन आफूलाई पायक पर्ने कृषि विकास बैंक लि.का शाखा कार्यालयहरुमा सम्पर्क राख्न सम्पूर्ण ग्राहक महानुभावहरुमा समेत अनुरोध गरेको छ ।