July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

थप २६३६ जनामा कोरोना संक्रमण, २० को मृत्यु

थप २६३६ जनामा कोरोना संक्रमण, २० को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप २६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा ११ हजार ७४८ जनाको परीक्षण भएकोमा पीसीआर विधिबाट ७ हजार २५९ र एन्टिजेन विधिबाट ४ हजार ४८९ जनाको परीक्षण गर्दा उक्त परिमामा संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३६ हजार ९१६(पीसीआर) र ३३ हजार ९४१ (एन्टिजेन) जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् । निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या संख्या ९ हजार ७१ पुगेको छ ।