July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

दुईमात्रा खोप फरक–फरक कम्पनीको लगाउँदा राम्रो नतिजा आउने

दुईमात्रा खोप फरक–फरक कम्पनीको लगाउँदा राम्रो नतिजा आउने

काठमाण्डौ – कोरोना भाइरसविरुद्ध लगाइने दुई मात्रा खोप फरक–फरक कम्पनीको लगाउँदा पनि राम्रो नतिजा आउने एक अध्ययनले दाबी गरेको छ । यो विधिमार्फत रोग प्रतिरोधात्मक क्षमतालाई थप बलियो बनाउने विज्ञ दाबी गरेको बीबीसीले जनाएको छ ।

भ्याक्सिन आपूर्तिको समस्या भएका देशहरुमा यसको प्रयास गर्न सकिने बेलायतका अनुसन्धानकर्ताहरुलेको रिपोर्टले देखाएको हो । केही देशमा कोरोनाविरुद्ध खोपको पहिलो मात्रा र दोस्रो मात्रा फरक÷फरक कम्पनीका दिन समेत थालिएको छ ।

गएको अप्रिलमा २० जनालाई कोभिष्टेलको पहिलो मात्रा दिइएको थियो भने दोस्रो मात्रा कोभ्याक्सिनको दिइएको थियो । उनीहरुलाई फरक कम्पनीका खोप दिनेबित्तिकै तत्काल अनुसन्धान गर्न आदेश दिइएको थियो । अनुसन्धानमा राम्रो नतिजा देखिएको उल्लेख छ ।

बेलायतमा गरिएको एक अध्ययन अनुसार कोरोना सङ्क्रमणलाई रोक्न एक व्यक्तिले फरक कम्पनीको खोप लगादा अझ राम्रो हुने देखाएको हो । फाइजर र एस्ट्राजेनेकाका खोपमा पहिलो मात्रा एउटा कम्पनी र दोस्रो मात्रा अर्को कम्पनीको लगाउँदा प्रभावकारी देखिएको अध्ययनको निष्कर्ष रहेको छ ।

स्पेन, जर्मनीलगायत देशहरुमा एस्ट्राजेनेकाको पहिलो मात्रा लिएका युवाहरुलाई दोस्रो मात्रा फाइजरको दिइएको छ । यस्तै भारतको उत्तर प्रदेशमा पर्ने सिद्धार्थ नगर जिल्लाको एक प्राथमिक केन्द्रमा पनि पनि केही मानिसमा दुई कम्पनीको खोप दिइएकोमा त्यो समेत प्रभावकारी भएको अध्यानदे देखाएको बताइएको छ ।