July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

सुनचाँदी मूल्यमा गिरावट, नयाँ मूल्य कति ?

सुनचाँदी मूल्यमा गिरावट, नयाँ मूल्य कति ?

नेपाली बजारमा मंगलबार सुनचाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको १ सय रुपैयाँ र चाँदी ५ रुर्पैयाँले गिरावट आएको हो ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार ६ सय रुपैयाँ रहेको छ । त्यस्तै तेजावी सुन ९० हजार १ सय रुपैयाँ रहेकोे छ ।

सोमबार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ, तेजावी ९० हजार २०० रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदीको भाउ १ हजार ३ सय रुपैयाँ कायमर भएको छ । सोमबार चाँदी तोलाको १ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।