March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

कृषि विकास बैंकको ‘कृषि ऋणपत्र’ डिबेञ्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल

कृषि विकास बैंकको ‘कृषि ऋणपत्र’ डिबेञ्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल

कृषि विकास बैंक लिमिटेडले “७ वर्षे ६ अरब कृषि ऋणपत्र” का डिबेञ्चर रजिष्ट्रारका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैंकले कृषि ऋणपत्र जारी गरिएको हो ।
उक्त सम्झौतामा कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्तीय अधिकृत यज्ञ प्रकाश न्यौपाने तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

Advertisement