March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

जीवन विकासको आईपीओ खरीदका लागि आवेदन दिने अन्तिम दिन आज, झण्डै ९ प्रतिशतले मात्र पाउने

जीवन विकासको आईपीओ खरीदका लागि आवेदन दिने अन्तिम दिन आज, झण्डै ९ प्रतिशतले मात्र पाउने

असार १५, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने मंगलवार अन्तिम दिन रहेको छ । गत असार ११ गते शुक्रवारदेखि सार्वजनिक निष्कासनमा यो कम्पनीको पहिलो दिनमै मागभन्दा ५ गुणा बढी आवेदन परेको थियो । आवश्यकता भन्दा बढी आवेदन आएपछि कम्पनीले असार १५ गते नै आवेदन बन्द गर्ने भएको हो । अन्यथा कम्पनीले असार २५ गतेसम्म विक्री गर्ने मिति तय गरेको थियो । आइतवार साझसम्म मागभन्दा १२ गुणा बढी आवेदन परिसकेको छ ।

Advertisement

लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो । निष्काशित शेयरमध्ये ३० हजार ४२० कित्ता शेयर कर्मचारीहरुका लागि तथा ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Advertisement

लगानीकर्ताले कम्पनीको आईपीओमा असार ११ गतेदेखि छिटोमा असार १५ गतेसम्म र ढिलोमा असार २५ गते आवेदन दिन पाउनेछन् । जसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने ब्यावस्था गरेको छ । न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्ने हो भने पनि जम्मा १ लाख ८४ हजार ८०१ जना लगानीकर्ताले मात्र यो आइपीओ हात पार्ने देखिन्छ । तसर्थ, जीवन विकासको आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिए पर्याप्त हुनेछ । यस कम्पनीले भने न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

जीबन विकास कम्पनीलाई लघुवित्त क्षेत्रकै उत्कृष्ट कम्पनीको रुपमा लिने गरिन्छ । आर्थिक वर्ष २०७६÷०७७ को लेखापरीक्षणपछिको वित्तीय विवरणानुसार कम्पनीको प्रतिसेयर आम्दानी १०४ रुपैयाँ ९७ पैसा रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी अझै बढी रहेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ३०५ रुपैयाँ २७ पैसा रहेको थियो ।

४१ करोड ६ लाख ७० हजार चुक्ता पुँजी रहेको लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा ५६ करोड ३९ लाख ३९ हजार खुद नाफा आर्जन गरेको छ । लघुवित्तको सञ्चित तथा जगेडा कोषमा १ अर्ब १८ करोड ३९ लाख १० हजार रहेको छ । लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।