March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नबिल बैंकद्धारा उद्यमशीलतालाई प्रबर्द्धन गर्ने उद्देश्यले ‘नबिल दिगो बैंकिङ’ स्थापना

नबिल बैंकद्धारा उद्यमशीलतालाई प्रबर्द्धन गर्ने उद्देश्यले ‘नबिल दिगो बैंकिङ’ स्थापना

काठमाडौँ । नबिल बैंकले ‘नबिल दिगो बैंकिङ’ स्थापनाको घोषणा गरेको छ । बैंकले मंगलबार एक भर्चुअल कार्यक्रम मार्फत सो घोषणा गरेको हो । नबिल दिगो बैंकिङको माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ नगरेकाहरूलाई वित्तीय पहुँच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यअनुसार ‘नबिल दिगो बैंकिङ’ स्थापनाको घोषणा गरिएको हो ।

Advertisement

बैंकिङ सेवामा आवद्ध नभएकालाई वित्तीय पहँुच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानहरुमा उद्यमशिलतालाई प्रवद्र्धन गर्ने उद्देश्यअनुसार यो सेवा ल्याएको बैंकले जनाएको छ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसाङ्खिक र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालको लागि स्थायी लघुउद्यम सिर्जना गर्नको निमित्त सुविधाहरू प्रदान गर्ने छ ।

Advertisement

उक्त अवसरमा बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले भने, ‘समग्र बैंकिङ क्षेत्रले लाखौंको जीवनलाई छुने र सबै पक्षमा सकारात्मक प्रभावहरू ल्याउन सक्षम भएको छ । वर्षौंको दौडान, हामी साथसाथै अर्थव्यवस्थाको आकार, व्यक्तिको जीवन र व्यवसायको प्रगति भएको छ । हामीले मानिस, वातावरण, समुदाय, राष्ट्रिय अर्थव्यवस्था र पूरै देशको जीवनमा पार्ने प्रभावहरूको बारेमा सचेत रहन आवश्यक छ । तसर्थ, नबिल बैंकले दिगो बैंकिङ विभाग स्थापना गरेको छ । हामी नाफा अधिकतमतामा मात्र केन्द्रित नरही अधिकतम एकीकृत मूल्यमा केन्द्रित छौं जसले वित्तीय, सामाजिक र आर्थिक मूल्यलाई जोड्दछ । यसका साथ हामी लगानी गर्ने कम्पनीहरूमा पर्ने असर, समाज र समग्र इकोसिस्टममा विचार गर्नेछौं ।’

नबिल दिगो बैंकिङ, बैंकिङ क्षेत्रमा एउटा नयाँ अनुशासन हो र यसले बोट–बिरुवा र मानिसहरूमा पारेको प्रभावले गर्दा यसको महत्व दिनहुँ बढ्दैछ । नबिल बैंकले सुदृढ नेपालका लागि दिगोपन÷स्थायित्वको अवधारणलाई आफ्नो रणनीतिगत दिशामा अपनाएको जनाएको छ ।

ग्रामीण नेपाल र वित्तीय पहुँच न्यून भएका वर्गहरूका लागि उद्यमशीलताको विकास र कृषि क्षेत्रको व्यावसायीकरण गर्न बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा नामक दुईवटा उत्पादन ल्याएको छ । यी उत्पादनहरू देशव्यापीरुपमा सबै शाखाहरूमा ल्याइएता पनि बैंकले सुरुमा छानिएका १७ वटा ग्रामीण शाखाहरूमा ग्रामीण नेपालमा दीर्घकालीन प्रभाव पार्न दिगो क्रियाकलापअन्तर्गत केन्द्रित रहनेछ ।

आफ्ना दिगो प्राथमिकता तर्फ कार्य गर्दै बैंकले प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (सिटिईभिटी) का साथ समझौता पत्रमा पनि हस्ताक्षर गरेको छ । बैंकले यस समझौता मार्फत देशभरिका सिटिईभिटी पास गरेका र योसँग सम्बद्ध व्यक्तिहरूलाई आफ्नो दिगो तथा अन्य लघूवित्त÷वञ्चित क्षेत्रका उत्पादनहरू प्रदान गर्नुपर्नेछ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र सिटिईभिटीका सदस्य सचिव जीवनारायण काफ्लेले हस्ताक्षर गरेका छन् ।

नबिलले १ सय १९ वटा शाखा कार्यालय, १ सय ८५ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरू सहित विभिन्न देशमा रहेका एजेन्टको गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।