April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली नियुक्त

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली नियुक्त

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भएका छन् । अर्थ मन्त्रालयको निर्णय अनुसार मन्त्रालयका सहसचिव मैनाली नेप्सेको अध्यक्षमा नियुक्त भएका हुन् । मन्त्रालयले गत असार १४ गते मैनालीलाई नेप्सेको सञ्चालक तथा अध्यक्ष मनोनयन गरेको हो ।

Advertisement

प्रधानमन्त्री केपी ओलीका खास मान्छे मैनाली अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दे नेप्सेको अध्यक्ष भएका हुन् । अर्थमन्त्रालयले तत्कालका लागि प्रतिनिधिका रुपमा नियुक्त गरेको भएपनि दीर्घकालिन रुपमा नयाँ अध्यक्ष पठाउने तयारी गरेको छ ।

Advertisement

मैनाली यसअघि राजश्व अनुसन्धान विभागको महानिर्देशक रुपमा थिए । उनले विभागमा रहँदा प्रभावकारी काम गरेकोले उनको चौतर्फि रुपमा चर्चा कमाएका थिए ।

त्यसपछि उनी अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सरुवा भएका छन् । यसैकारण उनलाई केही समयको लागि अध्यक्ष नियुक्ती गरिएको हो ।