March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

वरिष्ठ नेता पौडेल, सिटौला र कोइरालाबीच मण्डिखाटारमा छलफल

वरिष्ठ नेता पौडेल, सिटौला र कोइरालाबीच मण्डिखाटारमा छलफल

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबारे पार्टीका तीन नेताबीच छलफल भएको छ । पार्टीकी केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला निवास मण्डिखाटारमा भएको भेटमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी हुनुहुन्थ्यो ।

Advertisement

सहमति, सहकार्य र एकताका साथ आसन्न महाधिवेशन अगाडि बढाउने भन्नेबारेमा केन्द्रित रहेर छलफल भएको केन्द्रीय सदस्य कोइरालाले जानकारी दिनुभयो । गुट उपगुटका कारण पार्टी कमजोर भयो, आउँदाे महाधिवेशनमा पार्टीलाई कसरी बलियो र एकताबद्ध बनाउन सकिन्छ भन्नेबारेमा छलफल भएको हो, उहाँले भन्नुभयो ।

Advertisement

यस्तै देशकाे वर्तमान राजनीतिक घटनाक्रमका बारेमा समेत तीन नेताबीच छलफल भएको छ । पार्टीको महाधिवेशन आउन दुई महिना बाँकी रहँदा अहिले कांग्रेसका नेताहरूबीच नेतृत्वका लागि छलफल र भेटघाट बढेकाे छ ।

केही दिन अगाडिमात्र पार्टीका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डाक्टर सशाङ्क कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच निधि र कोइराला निवासमा भेटघाट भइसकेको छ । यस्तै सभापति शेरबहादुर देउवाले पनि आउँदाे महाधिवेशनमा अन्तिम पटक सभापति लड्ने भन्दै आफूनिकट केन्द्रीय सदस्यसँग छलफल अगाडि बढाउनु भएको छ ।

कांग्रेसको १४ औँ महाधिवेशन आउँदाे भदौ १६ देखि १९ गतेसम्म हुने तय भएकाे छ । रासस