April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

फेसबुकको मुनाफामा ४.२ प्रतिशतले वृद्धि, १० खर्ब डलर माथि पुग्यो सम्पत्ति

फेसबुकको मुनाफामा ४.२ प्रतिशतले वृद्धि, १० खर्ब डलर माथि पुग्यो सम्पत्ति

असार १५, क्यालिफोर्निया । शेयर बजारमा आएको बृद्धिसँगै सामाजिक सञ्जाल फेसबुक नाफामा ४ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । यो सँगै फेसबुक अमेरिकामा पाँचौं ठूलो कम्पनी बनेको हो । हाल यो कम्पनीको मुल्य १० खर्ब डलर पुगेको छ । शेयर सूचक नास्डाकले कम्पनीको प्रतिशेयर मूल्य हाल ३५५ दशमलव ६४ अमेरिकी डलर पुगेको देखाएको छ ।

सन् २०१२ मा अमेरिकी शेयर बजारमा सूचकृत भएको फेसबुकको शेयर निरन्तररुपमा बढिरहेको छ । सन् २०१८ मा कम्पनीको आम्दानीमा आएको गिरावटका कारण कम्पनीको शेयर एकैपटक १९ प्रतिशतले घटेको थियो । त्यसयता यो कम्पनीको शेयर मूल्य निरन्तर बढिरहेको छ । हाल कम्पनीको शेयरमूल्य सन् २०१८ को तुलनामा ९० प्रतिशतले बढी भएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

फेसबुक निगम एक अमेरिकी सामाजिक सञ्जाल र प्राविधिक कम्पनी हो जुन अमेरिकाको मेन्लो पार्क क्यालिफोर्नियामा अवस्थित छ । यो सूचीमा यसअघि एप्पल, माइक्रोसफ्ट, अमेजन र गूगल रहेका छन् । त्यसमध्ये माइक्रोसफ्ट र एप्पल कम्पनीको मूल्य २० खर्ब अमेरिकी डलरभन्दा माथि रहेको छ ।

Advertisement