July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

धितोपत्र बोर्डद्धारा माछापुच्छ्रे बैंकलाई ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति

धितोपत्र बोर्डद्धारा माछापुच्छ्रे बैंकलाई ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति
असार १६, काठमाडौं ।
माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई प्रतिइकाई १ हजार रुपैयाँ दरले ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो । यसमध्ये १२ लाख इकाई ऋणपत्र सर्वसाधारणलाई बिक्री हुनेछ ।
बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । माछापुच्छ्रेको ऋणपत्रमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक ८.५०% ब्याजदर दिइने बैंकले जनाएको छ ।