July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

न्युनतम कामदार नपठाएका मेनपावर कम्पनी समेत नविकरण हुने

न्युनतम कामदार नपठाएका मेनपावर कम्पनी समेत नविकरण हुने

सरकारले मेनपावर नबिकरणको लागि न्युनतम कामदार पठाउनु पर्ने मापदण्ड हटाएको छ । मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ प्रयोग बाधा अड्काउ फुकाउ आदेश जारी गर्दे न्युनतम कामदार पठाउनु पर्ने मापदण्ड खारेज गरेको हो । नयाँ बाधा अड्काउसँगै अव सञ्चालनमा रहेका सबै वैदेशिक रोजगार व्यवसायी कम्पनी नवीकरण हुने छन् ।

वैदेशिक रोजगार ऐन २०६४ ले लगातार दुई वर्षसम्म वार्षिक एक सय श्रमिक पनि पठाउन नसकेका इजाजतपत्र नवीकरण नहुने व्यवस्था गरेको छ । सरकारले वैदेशिक रोजगार कम्पनीमा माथि कडाई गर्दे कम्पनी नवीकरण गराउन आर्थिक वर्ष २०७६÷७७ र आर्थिक वर्ष २०७७÷७८ मा गरी कुल २०० श्रमिक विदेश पठाएको प्रमाणित गर्नुपर्ने व्यवस्था गरेको थियो ।

तर गत वर्ष कोरोनाकै कारण मन्त्रिपरिषद्ले बाधा अड्काउ फुकाएर १०० श्रमिक नपठाउने म्यानपावर कम्पनीको इजाजत आर्थिक वर्ष २०७८÷७९ को असारसम्मका लागि नवीकरण गराउने व्यवस्था गरिदिएको थियो । कोरोनाका कारण निषेधाज्ञा बढदै जाँदा विदेश जानेको संख्यामा कमी आउँदा कम्पनीहरुले न्युनतम मापदण्ड यो बर्ष पनि पु¥याउन सकेका थिएनन् । यस्का कारण ७३१ कम्पनीहरू नबिकरण नहुने अवस्थामा पुगेका थिए ।

विभागका अनुसार हाल ८५४ वटा कम्पनी सञ्चालनमा रहेका छन् १२३ कम्पनी मात्र सरकारी मापदण्डमा नविकरण गर्न मिल्नेमा पर्दथे । जसले गर्दा कामदार कम पठाउने कम्पनी समेत नविकरण हुने भएका छन् ।