July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको २० करोड आवेदन विक्री खुल्ला, आवेदन कहिले सम्म ?

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको २० करोड आवेदन विक्री खुल्ला, आवेदन कहिले सम्म ?

काठमाडौं – सिद्धार्थ क्यापिटलको पहिलो खुलामुखी म्युचुल फण्ड सिद्धार्थ व्यवस्थित लगानी योजना अर्थात सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई आजबाट बिक्रीमा आएको छ ।

छिटोमा असार २० गते र ढिलोमा ३० गते समम आवेदन खुल्ला रहने क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याएको हो ।

योजनाको शुरुको आकारको ५ प्रतिशत इकाई योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड र १० प्रतिशत इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंक लिमिटेडले बिज पूँजीको रुपमा लगानी गर्नेछ ।

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने यो योजना खुलामुखी प्रकृतिको भएकोले यसको इकाई नेप्से सूचीकृत भएर खरिदबिक्री हुँदैन । उक्त स्किमको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।