March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

अन्तर्राष्ट्रिय हवाई उडान सुरु, हरेक साता २१ उडान हुने

अन्तर्राष्ट्रिय हवाई उडान सुरु, हरेक साता २१ उडान हुने

असार १६, काठमाडौं ।

Advertisement

बिहीबारदेखि अन्तर्राष्ट्रिय हवाई उडान सुरु हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानको सेड्युल सार्वजनिक गरेको हो। मन्त्रिपरिषदको बैठकले हवाई उडान खोल्ने निर्णय गरेसँगै हवाई उडानको तालिका सार्वजनिक गर्ने जिम्मेवारी प्राधिकरणले पाएको थियो। सोहीअनुसार प्राधिकरणले ९ वटा देशमा हुने हवाई उडानको तालिका सार्वजनिक गरेको हो। प्राधिकरणले सार्वजनिक गरेको तालिकाअनुसार प्रतिसाता २१ अन्तर्राष्ट्रिय उडान हुनेछन् ।

Advertisement

सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकी नियमित उडान खोलेको हो । कोरिया र चीनबाट भने अझै वायुसेवा कम्पनीले उडानको अनुमति मागेका छैनन् । अन्य गन्तब्यमा भने सातामा कुल २१ उडानको अनुमति दिइएको छ । अनुमति दिएका मुलुकमा नेपाल र सम्बन्धित मुलुक दुबै मुलुकका वायुसेवा कम्पनीले समान उडान अनुमति पाएका छन् ।

नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति पाएका नेपाल एयरलाइन्सले भारतको नयाँदिल्ली, कतारको दोहा, युएईको दुबई, मलेसियाको क्वालालाम्पुर र जापानको नारितामा उडान गर्नेछ । अर्को नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमाम, युएईको दुबई र मलेसियाको क्वालालाम्पुरमा उडान अनुमति पाएको छ ।