April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

बालुवाटारमा शुरू भयो एमाले महाधिवेशन आयोजक कमिटी बैठकः नेपाल पक्षलाई पनि निमन्त्रणा

बालुवाटारमा शुरू भयो एमाले महाधिवेशन आयोजक कमिटी बैठकः नेपाल पक्षलाई पनि निमन्त्रणा

माधव नेपाल पक्षले राखेको माग अनुसार जेठ २ गतेकै केन्द्रीय कमिटी ब्युताउँन एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार मध्यान्ह आयोजक कमिटीको बैठक शुरु भएको हो ।
हिजो बसेको बैंककले महाधिवेशन आयोजक कमिटीले जेठ २ गतेकै केन्द्रीय कमिटी ब्यूँताउने निर्णय गरेको थियो भने उक्त निर्णयले आज आधिकारिकता पाउँने छ । नेकपा एकतापछि एमालेमा फर्किएका माओवादी केन्द्रका नेताहरूसमेत नेकपामा हुँदा जुन जिम्मेवारीमा थिए, त्यही जिम्मेवारीसहित एमाले बैठकमा सहभागी हुनेछन् ।

पुरानो केन्द्रीय कमिटीको बैठक १८ गतेका लागि बोलाउने तय भएको प्रवक्ता प्रदिप ज्ञवालीले बताए । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एकता भंग गर्दै एमाले र माओवादीलाई ब्यूँताइदिएपछि चैत्र ७ गते केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।

केन्द्रीय कमिटी ब्यूँतिएपछि माधव नेपाल पक्षको ठूलो हिस्सा केन्द्रीय कमिटीको बैठकमा सहभागि हुने तयारी गरेको छ । यद्यपी खनाल नेपाल पक्षमा यसबारेमा छलफल नभएका कारणले गर्दा निश्कर्षमा पुगिएको छैन् ।

Advertisement