July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

तनहुँमा पहिरोमा परि दुई जनाको मृत्यु, तीन घाइते

तनहुँमा पहिरोमा परि दुई जनाको मृत्यु, तीन घाइते

असार १७, काठमाडौं ।

पहिरोले घर पुरिदा तनहुँमा दुई दुई जनाको मृत्यु भएको छ। पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ७० वर्षिया हरिमाया बसेल तथा करिब ३० वर्षिया सरस्वती थापा छन् । राति खसेको पहिरोमा बेपत्ता उनीहरुको शव बिहान निकालिएको हो ।

सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन्। पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको उनले बताए। घर माथिबाट खसेको पहिरोले घर पुरेको गाउँपालिकाका उपप्रमुख करुणा गुरुङले बताइन्।

रातभर परेको अविरल वर्षाले व्यास १ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको छ । पुल बगेपछि बिहानैदेखि दुई वडाको सम्पर्क विच्छेद भएको छ ।