July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

अविरल बर्षापछि गएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो । पहिरो बिहान २ः१० बजे खसेको हो । पहिरो गएको क्षेत्रमा निरन्तर पानी परिरहेको छ । पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भैरहेको छ ।