March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

असार १७, काठमाडौं ।

Advertisement

पछिल्लो २४ घन्टामा २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १० हजार ९ सय ८५ जनामा आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Advertisement

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४० हजार ६६२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ जना रहेको छ ।

बिहीबार  मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ४ हजार १७ जना कोरोना संक्रमण मुक्त भएका हुन्। यससँगै अहिलेसम्म ६ लाख १ सय ४९ जना कोरोना संक्रमण मुक्त भएका छन्।  सो अवधिमा संक्रमणका कारण ३३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९१४५ पुगेको छ।