March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेबाट लगाइने (सूचनासहित)

भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेबाट लगाइने (सूचनासहित)

कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेबाट लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो डोज खोप लगाउने भएको हो । यसको लागि ३२ स्थानमा खोपकेन्द्र तोकिएको छ ।

काठमाडौं जिल्लामा मात्र तीन लाख ७० हजार नागरिकलाई पहिलो डोजको खोप दिइएको थियो । पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने तय भएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले बताए ।
साथै, अघिल्ला खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने पाउने छन् । खोप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने बताइएको छ । पहिलो डोजको खोप जेठ २५ गतेदेखि २९ गतेसम्म देशैभर लगाइएको थियो ।

Advertisement