March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

सूर्या लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट

सूर्या लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट

असार १७, काठमाडौं ।

Advertisement

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने भएको छ ।कम्पनीले कोरोना महामारीको असहज परिस्थितिलाई मध्यनजर गर्दै असार १७ गतेदेखि असार ३१ गतेसम्म ब्याज छुट दिने भएको हो।

Advertisement

बीमाशुल्क भुक्तानी गनुपर्ने मितिले २ वर्षभित्र व्यतित भएका बीमालेखहरुको हकमा ५० प्रतिशत छुट दिने, भुक्तानी गर्नपर्ने मितिले २ वर्षदेखि ३ वर्षभित्र व्यतित भएको बीमालेखमा ४५ प्रतिशत ब्याज छुट प्रदान गर्ने र भुक्तानी गर्नुपर्ने मितिले ३ वर्षभन्दा बढी व्यतित भएका बीमालेखको हकमा ३५ प्रतिशत व्याज छुट दिने कम्पनीले जनाएको छ ।

व्यतित बीमालेखले बीमितको जोखिम बहन नगर्ने हुँदा समयमै आफ्नो बीमालेखको बीमा शुल्क भुक्तानी गर्न समेत कम्पनीले अनुरोध गरेको छ । साथै, कम्पनीले कनेक्ट आइपिएस, खल्ति, इसेवा, प्रभु पे, फोन पे, सेल पेस र आइएमई पे लगायतका विद्युतिय भुक्तानीका माध्यमबाट नवीकरण शुल्क भुक्तानी गर्न सकिने जनाएको छ ।