July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

कोरोनाको खोप लगाएका यात्रुलाई श्री एयरलाइन्सले १० प्रतिशत छुट दिने

कोरोनाको खोप लगाएका यात्रुलाई श्री एयरलाइन्सले १० प्रतिशत छुट दिने

असार १८, काठमाडौं ।
श्री एयरलाइन्सले कोरोना विरुद्धको खोप लगाएका यात्रुलाई विशेष छुट दिने घोषणा गरेको छ।एयरलाइन्सले नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमलाई प्रोत्साहन गर्न भन्दै भाडामा १० प्रतिशत छुट दिने घोषणा गरेको हो ।

कोरोनाको खोपका दुई डोज लगाएको कार्ड देखाएपछि यात्रुलाई भाडामा  छुट दिइने एयरलाइन्सले जानकारी दिएको छ। एयरलाइन्सले सबै काउन्टरबाट टिकट काट्नेलाई यो छुट दिने भएको हो।

यसरी छुटको टिकट लिएका तथा खोप कार्ड भएका यात्रुले विमासन्थलमा चेकइनको समयमा पनि विशेष प्राथमिकता पाउने एयरलाइन्सले जानकारी दिएको छ।श्रीले अहिले धनगढी, नेपालगञ्ज, पोखरा, भैरहवा, विराटनगर, भद्रपुर र सिमरामा उडान गर्दै आएको छ।