July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको १ लाख ८९ हजार कित्ता सेयर लिलामी खुला

नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको १ लाख ८९ हजार कित्ता सेयर लिलामी खुला
असार १८, काठमाडौं ।
नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तकोे संस्थापक सेयर आज देखि लिलामी बिक्री खुला गरेको छ । बैंकले स्वावलम्बनको १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यसमा न्यूनतम ७०० रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा असार २९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछ ।