July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

सुनको मूल्य ५०० रुपैयाँले बढ्यो, कतिमा हुदै छ कारोबार ?

सुनको मूल्य ५०० रुपैयाँले बढ्यो, कतिमा हुदै छ कारोबार ?

असार १८, काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य बढेको छ । विहिबारको तुलनामा आज सुनको मुल्य ५०० रुपैयाँले बढेको हो । जसअनुसार आज सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहिबार सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । विहिबार प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आज सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।