क्वारेन्टिनका लागि होटलको संख्या थपियो, शुल्क तोक्ने जिम्मा भने सम्बन्धित होटललाई नै (सूचीसहित)
सरकारले अन्तर्राष्ट्रिय उडान खुलेसँगै क्वारेन्टिनका लागि होटलको संख्या थप गरेको छ । रकारले प्रमुख गन्तव्यमा उडान खुलेसँगै पर्यटन विभागले होटलको संख्या थप गरेको हो । विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने रणनीति अख्तियार गरेको सरकारले अन्य होटल समेत थपेको हो । यस अगाडि सरकराले देशभरका व्यवस्थितरूपमा चलेका होटल तथा रिसोर्टलाई क्वारेन्टिन बनाउने निर्णय गरे अनुरुप नै विभागले १८९ होटललाई सूचीकृत गरेको हो । विभागले सामान्य होटलदेखि पाँचतारे होटल समेटेको छ । सरकारले बाहिरबाट आउने अन्तर्राष्ट्रिय उडानका हवाई यात्रुका लागि २० जेठ पछि नियमित उडान सिमित गन्तव्यबाट खुला गरेसँगै क्वारेन्टिन स्थलका लागि पर्यटकस्तरदेखि पाँचतारे सम्मका ९६ वटा होटल तोकेको थियो । जसमा सरकारले नयाँ होटल थपेको हो ।
यसरी थपिएका क्वारेन्टिनमा प्रयोग हुने होटल कम्तिमा २० कोठा भएको हुनुपर्ने छ । सरकारले होटल सूचीकृत मात्रै गरिदिनु भनेकोले यस पटक शुल्क पनि तोकिएको छैन् । पर्यटक स्तरका होटलले दैनिक तीन हजार रुपियाँ प्रतिव्यक्ति लिन पाउने यस अघिकै व्यवस्था अनुसार गर्ने भनिएपनि तारे होटलसमेत क्वारेन्टिनको लागि तोकिएकोले ती होटल आफैंले शुल्क तय छन् । सूचीकृत भएका ती होटलमा पाहुना राख्न शुल्क तय गर्ने जिम्मा सम्बन्धित होटललाई नै दिइएको र यस पटक सरकारले शुल्क तोक्ने विषयमा केही उल्लेख नगरेको हो ।
देशभर क्वारेन्टिनको अनुगमन र सहजीकरण गर्ने गरी सङ्कटमा परेका बेला ठूला होटललाई क्वारेन्टिनका रूपमा व्यवस्थापन गर्न सरकारले यो कदम अगाडि सारेको थियो । अर्कोतर्फ खाली रहेका होटललाई निश्चित रकम तिरेर सरकारले जनताको जीवनरक्षाका साथै होटल क्षेत्रलाई सकेत आर्थिक संकट हार्न भूमिका खेल्ने विश्वास लिएको थियो ।
सूचीकृत होटलमा सुन्धारा, नयाँबजार, सिनामंगल, गौशला, गौरीघाट, पिङ्ग्लास्थान, कलंकी क्षेत्रलाई समेटेको छ । त्यस्तै गोंगबु, ठमेल, क्षेत्रपाटी, कालधारा, लैनचौर मूलपानी, थली, बूढानीलकण्ठ, लाजिम्पाट, नक्साल, नगरकोट क्षेत्रलाई समेटेर होटल सूचीकृत गरेको छ । यस अगाडि सरकारले यि क्षेत्रका होटललाई क्वारेन्टिनमा प्रयोग नगर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद् बैठकले असार दोस्रो हप्ताबाट प्रमुख अन्तर्राष्ट्रिय गन्तव्यमा उडान खोल्ने निर्णय गरेको थियो । त्यसअघि नै कतार, टर्की र भारतमा उडान हुँदै आएको थियो । विभागका अनुसार हाल काठमाडौं उपत्यकामा ५१८ श्यया तयारी अवस्थामा छन् । देशभर भने करीब ६५ हजार क्वारेन्टिन तयारी अवस्थामा रहेकामा २५ हजार सर्वसाधारण क्वारेन्टिनमा छन् ।
क्वारेन्टिनका लागि सूचिकृत भएका होटलको नाम यस्तो –
प्रतिकृया दिनुहोस्