मनकामना स्मार्ट लघुविको आईपीओमा मागभन्दा ३६ गुणा बढी आवेदन
असार १८, काठमाडौं ।
मनकामना स्मार्ट लघुवित्तको आईपीओमा निष्कासनको दोस्रो दिन शुक्रबार बिहानसम्ममा नै सर्वसाधारणबाट माग गरिएको तुलनामा ३६.७२ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रवार बिहान सम्ममा ९ लाख ९६ हजार ३३८ जना आवेदकबाट १ करोड ३३ लाख ४७ हजार २२० कित्ताका लागि आवेदन परेको हो ।
कम्पनीले असार १७ गतेदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोष र बाँकि ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागी छुट्याईएको छ ।
लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत आईपीओ निष्कासन गरेको हो ।लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम् १० कित्ता र अधिकतम १ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा असार २१ गते सोमबार निष्काशन बन्द हुनेछ ।
लगानीकर्ताहरुले अनलाईन मार्फत मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट पनि आवेदन दिन सकिनेछ ।
प्रतिकृया दिनुहोस्