July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

मध्यावधि निर्वाचनका लागि ७ अर्ब ७२ करोड रुपैयाँ बराबरको बजेट

मध्यावधि निर्वाचनका लागि ७ अर्ब ७२ करोड रुपैयाँ बराबरको बजेट

सरकारले प्रतिनिधिसभा मध्यावधि निर्वाचनका लागि ७ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ बराबरको बजेट उपलब्ध गराएको छ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगलाई बजेट सीमासम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनका लागि रकम निर्वाचन सामग्रीलगायत अन्य सामग्री खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ ।

आगामी कात्तिक २६ गते शुक्रवार पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणमा मध्यावधि निर्वाचनको घोषणा गरिएको छ ।
निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले सहमति दिएको छ ।