July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

अपर तामाकोशीको एक घण्टामै साढे ९ करोडको शेयर कारोबार

अपर तामाकोशीको एक घण्टामै साढे ९ करोडको शेयर कारोबार

असार २०, काठमाडौं ।
अपर तामाकोशी हाइड्रोपावरको आइतबार सर्वाधिक शेयर कारोबार भएको छ । बजार खुलेको एक घण्टाको अवधिमा कम्पनीको ९ करोड ३९ लाख रुपैयाँको शेयर खरीद बिक्री भएको छ । एक घण्टामै कम्पनीको १ लाख १७ हजार ९३० कित्ता शेयर खरीद बिक्री भएको छ । ८९० वटा कारोबारबाट उक्त शेयर खरीद बिक्री भएको हो ।

यस अवधिमा कम्पनीको शेयर खरीदका लागि १ लाख ३३ हजार कित्ता शेयर मागतर्फ रहँदा बिक्रीतर्फ ७७ हजार कित्ता शेयर रहेको छ । यस अवधिमा कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा २.७४ प्रतिशत अर्थात २१ रुपैयाँले वृद्धि भएर ७८८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

कम्पनी असार २१ गतेदेखि विद्युत् उत्पादन परीक्षण गर्ने तयारीमा रहेको छ । ४५६ मेगावाट जडित क्षमता रहेको राष्ट्रिय गौरवको ठूलो आयोजना भएकाले पनि दीर्घकालमा कम्पनीले राम्रो प्रतिफल पाउने आशमा लगानीकर्ता सो कम्पनीको शेयर खरीद गरिरहेका छन् ।