July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा १६ लाख १२ हजार बढीले गरे आवेदन

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा १६ लाख १२ हजार बढीले गरे आवेदन

असार २०, काठमाडौं ।

मनकामना स्मार्ट लघुवित्तको आइपीओमा आइतबार बिहान ११ बजेसम्ममा सबा १६ लाखले आवेदन गरेका छन् । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले उपलब्ध गराएको तथ्यांक अनुसार ११ बजेसम्म लघुवित्तको आइपीओमा १६ लाख १२ हजार बढी आवेदन परेको छ । उल्लेखित आवेदनबाट २ करोड १२ लाख ७० हजार कित्ता शेयर माग भएको छ । जुन सर्वसाधारणबाट माग गरिएको तुलनामा ५८.५२ गुणा बढी हो ।

मनकामना स्मार्टले बिहीबार (असार १७ गते) देखि १०० रुपैयाँ दरको कुल ३ लाख ८९ कित्ता आइपीओ बिक्री खुला गरेको हो ।   जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोष र बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागी छुट्याईएको छ ।

मनकामनाको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । छिटोमा असार २१ गतेसम्म आइपीओ भर्न सकिनेछ । यसआइपीओमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा तथा मेरो सेयरमार्फत अनलाइन आवेदन पनि दिन सक्नेछन् । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले मनकामना स्मार्ट लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ रेटिङ दिएको छ । यसले निष्कासनकर्ता कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । इक्राले गत फागुन ११ गते उक्त रेटिङ दिएको हो । यो रेटिङ आगामी फागुन ११ गतेसम्म बाहल रहनेछ ।