July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

बागमती प्रदेशसभा बैठक ३ बजे बस्दै

बागमती प्रदेशसभा बैठक ३ बजे बस्दै

बागमती प्रदेशसभाको बैठक सारिएको छ । आइतबार बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक ३ बजेका लागि सारिएको हो ।  सत्तारुढ दल एमालेकै माधव नेपाल समूहले बजेट पास गर्न असमर्थ रहेको जनाएपछि प्रदेशसभाको बैठक ३ बजेका लागि सारिएको जनाइएको छ । प्रदेशसभा सचिवालयले भने प्राविधिक समस्याका कारण ३ बजेका लागि सारिएको जनाएको छ ।

सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले आवश्यक छलफलका लागि प्रदेशसभा बैठक स्थगित गरिएको बताए । हिजो शनिबारदेखि प्रदेशसभाको बैठकमा विपक्षी दलहरुले अवरोध गरेका छन् ।

प्रदेश सरकारले पीएलएम बीआइ एस सिस्टममा बजेट प्रविष्ट नगरी संविधान र विधि मिचेर बजेट विवरणको २ प्रकारका पुस्तक प्रकाशन, सशर्त तर्फको बजेटमा सत्तापक्ष र प्रतिपक्षका सांसद् तथा स्थानीय तहहरु बीच विभेद, प्रदेश सरकार मातहतमा रहने गरी आम संचार गृह संचालन, विद्युतीय बस खरिद र सुरुङ मार्ग निर्माण जस्ता निर्णय फिर्ता हुनु पर्ने माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध पारेका हुन् ।