July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

भारतमा कोरोना भाइरसको संक्रमण निको हुने दर ९७.११ % पुग्यो

भारतमा कोरोना भाइरसको संक्रमण निको हुने दर ९७.११ % पुग्यो

भारतमा कोरोना भाइरसको संक्रमण निको हुने दर बढेको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९७  दशमलव ११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बताएको छ ।

गत २४ घण्टामा भारतमा ३९ हजार ७९६ थप व्यक्तिमा कोरोना संक्रमण भएको छ । गत जुन २९ बाट यहाँ ४० हजारभन्दा कम व्यक्तिमा मात्र कोरोना संक्रमण भएको पाइएको छ । हाल भारतमा कोरोना संक्रमितको कुल सङ्ख्या ३ करोड ५ लाख ८५ हजार २२९ पुगेको सो मन्त्रालयले बताएको छ ।

यसै अवधीमा भारतमा कोरोना संक्रमणबाट ७४३ जना व्यक्तिको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या ४ लाख २ हजार ७२८ पुगेको छ । हाल भारतमा ४ लाख ८२ हजार ७१ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टाको समय अवघिमा ४२ हजार ३५२ व्यक्ति कोरोना संक्रमणबाट मुक्त भएका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म २ करोड ९७ लाख ४३० कोरोना भाइरसबाट मुक्त भएका छन् ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म यहाँ ३५ करोड २८ लाख ९२ हजार ४६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

भारतमा ४१ करोड ९७ लाख ७७ हजार ४५७ जना व्यक्तिलाई कोरोना भाइरस परिक्षण गरिएको पनि सरकारी स्रोतले जानकारी दिएको छ ।   रासस/ सिन्ह्वा