March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

मनकामना स्मार्ट लघुवित्तको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

मनकामना स्मार्ट लघुवित्तको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओमा आवेदन दिने आज (असार २१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले असार १७ गतेदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोष र बाँकि ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागी छुट्याईएको छ ।

Advertisement

लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत आईपीओ निष्कासन गरेको हो ।लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम् १० कित्ता र अधिकतम १ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा असार २१ गते सोमबार निष्काशन बन्द हुनेछ ।

Advertisement

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार साँझसम्ममा आइपिओमा १७ लाख ६३ हजार ७९४ जनाले आवेदन दिएका छन् ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयर सफ्टवेयरमार्फत् पनि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताहरुले अनलाईन मार्फत मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट पनि आवेदन दिन सकिनेछ ।