April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

बढ्न थाले कोरोना संक्रमित, २४ घण्टामा २ हजार ९७९ जनामा संक्रमण पुष्टि

असार २३, काठमाडौं ।

Advertisement

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८३५ पीसीआर परीक्षणमा बुधबार थप २ हजार ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ६३ परीक्षणबाट ९०२ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ११ हजार ८९८ परीक्षणमा २ हजार ९७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ५० हजार १६२ पुगेको छ ।

काठमाडौँ उपत्यकामा ५४३ जना कोरोना संक्रमित थपिएका छन्।  काठमाडौँमा ३९०, ललितपुरमा ८६ र भक्तपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा थप १ हजार ३३३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख १४ हजार ३२७ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २९१ पुगेको छ ।